Ad imageAd image

घट्यो मूल्यवृद्धि, मंसिरमा ४.९५ प्रतिशतमात्रै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गत मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.९५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २.४३ प्रतिशत विन्दुले कम हो ।

२०७९ मंसिरमा यस्तो मूल्य वृद्धिदर ७.३८ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको पाँच महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ५.१० प्रतिशत र गैर खाद्य तथा सेवा समूहको ४.८४ प्रतिशत रहेको छ ।

सोही अवधिमा घिउ तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहमा रहेका वस्तुहरुको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोललियम पदार्थको मूल्य दुई पटक घटाएको तथा ०८० कात्तिक महिनाको तुलनामा मंसिर महिनामा तरकारी, फलफूल, मरमसला, चिनी जस्ता वस्तुहरुको मूल्यमा कमी आएकाले मूल्यवृद्धिमा कम चाप परेको राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ ।

यस्तै, ०८० मंसिर महिनामा आयात मूल्य सूचकांक ३.३ प्रतिशतले घटेको छ भने तलब तथा ज्याला दर र थोक मूल्यको वृद्धि दरमा कमी आएको छ । यसले उपभोक्ता मूल्य वृद्धिदरमा कमी ल्याउन सहयोग पुगेको राष्ट्र बैंकको दाबी छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
83%
3 km/h
बिहि
26 °C
शुक्र
23 °C
शनि
29 °C
आइत
29 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ