Ad imageAd image

‘कर्णाली कोरिडोरमा सडक बने सुदूरपश्चिम र कर्णालीमा समृद्धि’:रक्षामन्त्री पूर्णबहादुर खडका

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

कैलाली । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले कर्णाली कोरिडोरमा दुई लाइनको डेडिकेडेट सडक भए सुदूरपश्चिम र कर्णालीमा विकास समृद्धि आउने बताउनुभएको छ ।

टीकापुर महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खडकाले सुदूरपश्चिम र कर्णाली प्रदेशको संस्कृति, भूगोल जस्तै विकास आयोजना पनि साझा भएकाले कर्णाली कोरिडोर बने दुवै प्रदेशलाई फाइदा पुग्ने बताउनुभयो ।

खडकाले साधन स्रोतको पहिचान गरी आर्थिक क्रियाकलाप बढाई समृद्ध प्रदेश बनाउनुपर्ने उल्लेख गर्दै कैलाश मानसरोवर जाने छोटो मार्ग भएकाले भारतीय पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो ।

टीकापुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सवमा स्थानीयबासीले मन्त्री खडका समक्ष सुदूरपश्चिम र कर्णाली प्रदेश जोडने उत्तरतिरका सडक मार्ग खोलिनुपर्ने, सत्ती भन्सारमा क्वारेन्टाइन हुनुपर्ने, टीकापुरमा एयरपोर्ट कालोपत्रे गरी सञ्चालन गर्नुपर्ने, कर्णाली नदी किनारमा बलियो तटबन्ध, कर्णाली नदीमा बन्न लागेको पुलको काम छिटो हुनुपर्ने, टीकापुरलाई केरा पकेट क्षेत्र घोषणा गरी सरकारी लगानी बढाउनुपर्ने र टीकापुर पार्कलाई राष्ट्रिय लगानी गरी सङ्ग्रहालय बनाइनुपर्ने माग राखेका छन् ।

- Advertisement -
Ad imageAd image

महोत्सवमा वरिष्ठ इन्जिनियर तथा वास्तुकलाविद् शङ्करनाथ रिमाललाई सम्मान गरिएको छ । ८९ वर्षीय रिमालले ४७ वर्षअघि टीकापुर सहरको रेखाङ्कन गर्नुभएको थियो ।

टीकापुर उद्योग वाणिज्य सङ्घद्वारा २०६५ सालदेखि वर्षेनी आयोजना हुने महोत्सव यस वर्ष पनि पुस २७ गतेदेखि माघ ८ गतेसम्म हुँदैछ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
overcast clouds
27° _ 27°
57%
2 km/h
आइत
27 °C
सोम
29 °C
मंगल
28 °C
बुध
25 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ