Ad imageAd image

मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुरधाम । मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ । माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने हिजो बसेको मन्त्रीपरिषद्ले निर्णय गरेको मधेश प्रदेश सरकारले जनाएको छ ।

२०७८ साल माघ ३ गते तत्कालीन ‘प्रदेश नं. २’ को ठाउँ “मधेश प्रदेश” नामाकरण गर्नुका साथै स्थायी राजधानी जनकपुरधाम राख्ने निर्णय प्रदेशसभाको बैठकको दुई तिहाइ भन्दा बढी मतले पास गरेको थियो ।

त्यस दिनलाई प्रदेश सरकारले स्वाभिमान दिवसको रुपमा मनाउने निर्णय गरेको मधेश सरकारका प्रवक्ता समेत रहनुभएका गृह, सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिनुभयो ।

त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनका सहित परिवार र घाइतेलाई आर्थिक सहयोग गर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको गृहमन्त्री समिमले जानकारी दिनुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
broken clouds
28° _ 28°
56%
2 km/h
आइत
28 °C
सोम
29 °C
मंगल
28 °C
बुध
26 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ