संगठनलाई कसरी बलियो बनाउने भन्ने विषयमा रास्वपाको बैठकमा छलफल

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा छलफल र विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोटिङ् दिने काम सम्पन्न भएको छ ।
शनिबार बसेको बैठक समसामयिक राजनीतिक विषय र स्थानिय तह उपनिर्वाचनमा भएका कमि कमजोरीहरुसहति आत्मालोचना र आत्मसमिक्षा गर्ने काम भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशको सभापति राजन गौतमले जानकारी दिएका छन् ।
उनले भने, ‘आजको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा बृहत छलफल गरेका छौ । विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोटिङ् दिने काम भयो, मंसिर १६ मा सम्पन्न भएको स्थानिय तह उपनिर्वाचनमा भएका हाम्रा कमि कमजोरीहरु सहति आत्मालोचना र आत्मसमिक्षा सहित अगामी दिनमा पार्टीलाई कसरी बलियो बनाउने र जनता माझ कसरी जाने भन्ने विषयमा छलफल भयो ।’
यस्तै, संगठनलाई कसरी बलियो बनाउने भन्ने विषयमा पनि छलफल भएको उनको भनाई छ ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ