कोशी प्रदेश सरकारविरुद्ध दायर रिट निवेदन खारेज

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, ११ असार : सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले आज रिट निवेदन खारेज हुने फैसला गरेको हो । फैसलामा भनिएको छ, “संविधानको धारा १६८ को ५ बमोजिम गठित सरकारलाई समर्थन गर्ने दल वा व्यक्तिले दिएको समर्थन फिर्ता लिएको अवस्थामा धारा १८८ को २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा तत्कालीन मुख्यमन्त्रीले विश्वासको मत नलिएको, यस्तो अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरी नयाँ सरकार गठन भई सो सरकारले विश्वासको मतसमेत लिएको देखिन आएकाले रिट खारेज हुने ठहर्छ ।” अदालतको यो फैसलासँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की र उहाँ नेतृत्वको सरकारले निरन्तरता पाउने छ । विसं २०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
moderate rain
21° _ 21°
64%
1 km/h
आइत
21 °C
सोम
32 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ