काठमाडौँ, १० असारः डोटी बडिकेदार गाउँपालिका-५ की २० वर्षीया निरुता थापाले कृतिम खुट्टा पाउनुभएको छ । केही वर्षपहिले घाँस काट्ने क्रममा भिरबाट लड्दा उहाँको देब्रे खुट्टा भाँचिएको थियो । उपचारका क्रममा भाँचिएको खुट्टा काटिएपछि उहाँ वैशाखीको सहारामा हिँड्डुल गर्दै आउनुभएको थियो । “रूखबाट लडेर श्रीमतीको खुट्टा काट्नु परेको थियो । उनी वैशाखीको सहारामा हिँड्डुल गर्थिन्, डोटीका सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेको अग्रसरतामा काठमाडौँको गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालले कृतिम खुट्टा सहयोग गरेको हो”, निरुताका श्रीमान् मोहन थापाले भन्नुभयो । कृतिम खुट्टा पाएपछि हिँड्डल गर्न सहज भएको निरुता थापाले बताउनुभयो । सांसद आलेले कृतिम खुट्टा लगाउनका लागि मारवाडी सेवा समितिसमक्ष पहल गर्नुभएको उहाँको भनाइ छ । साथै निरुतालाई डोटीदेखि काठमाडौँ आउँदा, जाँदा तथा यहाँ बसोबासको सम्पूर्ण खर्च समेत सांसद आलेले बेहोर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । आज खुट्टा पाएपछि निरुता तथा उहाँको परिवारका सदस्य खुसी हुनुभएको छ । पशुपति गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालको ‘कृतिम अङ्ग कार्यशाला’ले कृतिमा खुट्टा प्रदान गर्दै आएको छ ।
डोटी बडिकेदारकी निरुताले पाइन कृतिम खुट्टा

प्रतिक्रिया
ट्रेन्डिङ
बाढी पीडितको राहत रकममा एनआरएनए थाइल्याण्डको ठूलो आर्थिक अनियमितता: सरकारको एकद्वार प्रणाली लत्याउँदै व्यक्तिगत संयुक्त खाता प्रयोग, १३ लाख ९० हजार भाट अझै हिनामिना गरिएको आशंका
थाइल्याण्ड- नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो पीडितका नाममा थाइल्याण्डबाट संकलित लाखौँ रुपैयाँमा गैरआवासीय नेपाली संघ…
उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुँदै
काठमाडौँ- नेपालको मौलिक कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चन्द्रागिरि…

