थाइल्याण्डमा अंग्रेजी नयाँ वर्षको अवसरमा कन्सर्ट, नेपालबाट आउँदैछन् चर्चित कलाकार

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

बैंकक, ७ पुस

अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा थाइल्याण्डमा नेपाली कलाकारहरुको उपस्थितिमा कन्सर्ट आयोजना हुने भएको छ ।


थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका लागि बि एम इन्टरटेनमेन्ट ग्रुप र ह्वाइट क्रियसनको संयुक्त आयोजनामा जनवरी ११ मा विशेष सांगीतिक कार्यक्रम “न्यु इयर कन्सर्ट २०२५” हुने भएको हो ।


कार्यक्रम बैंककको प्रख्यात स्पाइसी क्लब, प्रटुनाम, फेचबुरी सोइ १५ मा साँझ ८ बजेदेखि मध्यरात १ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।


कार्यक्रममा नेपालबाट कलाकारहरू मिलन नेवार, पुष्पन प्रधान, बिनोद ढकाल, राजेश बिष्ट, चक्र बम, र लव कार्की सहभागी हुनेछन् । उनीहरूले नेपाली संगीतका विभिन्न विधाहरूमा आफ्नो प्रस्तुति दिनेछन् ।


आयोजककाअनुसार कार्यक्रमको टिकट मूल्य ६०० भाट तोकिएको छ । कार्यक्रमले थाइल्याण्डमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली कला, संगीत, र संस्कृतिलाई प्रवर्द्धन गर्ने आयोजक संस्था ह्वाइट क्रियसनका अध्यक्ष रवि शाहीले जानकारी दिए । ‘थाइल्याण्डमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई अंग्रेजी नयाँ वर्ष २०२५ लाई उल्लासमय बनाउन अनुरोध छ,’ शाहीले भने । यो कार्यक्रमले नेपाली समुदायलाई एकताबद्ध गर्दै सांगीतिक यात्रामा नयाँ आयाम थप्ने उनको भनाइ छ । 

सेयर: 72
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
haze
26° _ 26°
19%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ