Ad imageAd image

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ : राष्ट्रपति पौडेल

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा आज नेपालको १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव, २०८१ को उद्घाटन गर्नुहुँदै उहाँले साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति पौडेलले मुलुकको अर्थतन्त्रको मूल जग नै साना घरेलु उद्योग भएको प्रस्ट पार्नुभयो ।

“गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि तथा आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योगको योगदान छ,” उहाँले भन्नुभयो, “घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पूँजी, कच्चापदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायत समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरी अघि बढ्नुपर्छ ।”

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको महोत्सवमा राष्ट्रिपति पौडेलले घरेलु उद्योगले स्थानीय श्रम, सीप, प्रविधि, कच्चापदार्थ, जनशक्तिको प्रयोग गरी थोरै लगानीमा उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउनसक्ने बताउनुभयो । फलस्वरुप स्थानीयस्तरमा आत्मनिर्भर बढाउनाका साथै अन्तर्राष्ट्रिस्तरमा श्रम र संस्कृतिको पहुँच विस्तार हुने उहाँको भनाइ थियो । “यसबाट नेपाली सीप, श्रम र संस्कृति बजारीकरण हुँदै विदेशमा समेत पुग्ने र निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा पनि टेवा पुग्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

पूँजी पहुँचमा अहिले पनि लघु, घरेलु तथा साना उद्योगी मारमा परेका उल्लेख गर्दै राष्ट्रपति पौडेलले राज्यले सुहलियतपूर्ण कर्जाको व्यवस्था तथा सना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो । देशमै उत्पादित वस्तुको प्रवद्र्धन गरी उद्योगको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्था मिलाउन तत्काल आवश्यक रहेको उहाँले बताउनुभयो । महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठुलो सङ्ख्यामा स्वरोजगारी सिर्जना गरेकाले यसको प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याउन राष्ट्रपति पौडेलले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

- Advertisement -
Ad imageAd image

“यसका लागि महिला र युवालाई सहुलियत कर प्रदान गर्ने, बिक्री कक्ष स्थापना गर्ने, स्वदेशी वस्तु बिक्री बजारको व्यवस्था गर्ने, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगका विषयलाई महत्व दिनुपर्छ”, उहाँले भन्नुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
47%
4 km/h
मंगल
26 °C
बुध
24 °C
बिहि
24 °C
शुक्र
24 °C
शनि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ