Ad imageAd image

मन्त्री चौधरी र राजदूत हेक्काबीच भेटवार्ता

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा आज भएको शिष्टाचार भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा सहकार्यबारे छलफल भएको थियो ।

सो अवसरमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताउनुभयो ।

मन्त्री चौधरीले सामाजिक–आर्थिक स्थिति, विशेष गरी नेपालको ग्रामीण समुदायको उत्थान गर्ने प्रयासमा फिनल्याण्डको सहयोग नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गर्दै कोभिड–१९ को कठिन समयमा नेपाललाई सहयोगका हात बढाएकामा फिनल्याण्ड सरकार र जनतालाई धन्यवाद दिनुभयो ।

- Advertisement -
Ad imageAd image

नेपाल सन् २०२६ मा अल्पविकसितबाट स्तरोन्नति भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा रहेको उल्लेख गर्र्दै मन्त्री चौधरीले दिगो विकासका लक्ष्यहरू हासिल गर्न नेपाल प्रयासरत रहेको बताउनुभयो ।

“फिनल्याण्डले विभिन्न बहुपक्षीय फोरमहरूमा नेपालसँगै जलवायु परिवर्तनका वकालत गरेकामा धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो । भेटमा राजदूत हेक्काले नेपाल र फिनल्याण्डबीचको सम्बन्ध प्रगाढ बनाउन द्विपक्षीय विकासका लागि सहकार्य गरेर जाने बताउनुभएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
88%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
24 °C
आइत
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ