Ad imageAd image

नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई हरायो

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले हराउँदै ललितपुर मेयर्स कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । एपिएफले यसअघि भएको पहिलो खेलमा कोशी प्रदेशलाई २४ रनले पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो । एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३५ रन बनाइन् । यसैगरी, इन्दु बर्माले १७, कप्तान सीता रानमगरले ११ र राजमती ऐरीले अविजित १० रन जोडे ।

बागमतीका लागि खुशी डङ्गोलले १ विकेट लिइन्। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो । बागमतीका लागि हेनिशा गुरुङले ३१ र खुशी डङ्गोलले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

एपिफका लागि करुणा भण्डारीले चार विकेट लिइन् भने सीता रानामगरले दुई विकेट लिइन् । यस जितसँगै एपिएफले २ खेलबाट ४ अङ्क जोडेको छ । दुवै खेलमा पराजित बागमती अङ्कविहीन छ । बागमती पहिलो खेलमा आयोजक ललितपुर मेयर्स ११ सँग ७ विकेटले पराजित भएको थियो ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
clear sky
22° _ 22°
18%
2 km/h
मंगल
22 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ