Ad imageAd image

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको एक वर्षे उपलब्धि सार्वजनिक

राष्ट्रिय समाचार समिति(रासस)
4 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको एक वर्षे कार्यप्रगति आज सार्वजनिक गरिएको छ । त्यस अवसरमा प्रतिष्ठानकी कुलपति निशा शर्माले बजेट अभावमा सोचेजस्तो काम गर्न नसकिएको बताउनुभयो । उहाँले देशमा महत्वपूर्ण कार्यक्रम गर्ने भनेर कार्ययोजना निर्माण गरी पेश गरिए पनि बजेट कटौती हुँदा धेरे कार्यक्रम गर्न नसकिएको बताउनुभयो । उहाँले बजेटको सीमामा रहेर केही महत्वपूर्ण काम गरिएको बताउनुभयो ।

“बजेट अभावले काम गर्नै सकिएन, विश्वमा कला– संस्कृतिको विकास राज्यको लगानीमा मात्रै सम्भव छ तर नेपालमा प्राथमितामा परेन”, उहाँले भन्नुभयो, “प्रतिष्ठानमा सङ्गीत, नृत्य तथा नाट्य कक्षा लिने सोच त छ तर ठाउँ छैन, कतैबाट अनुदान आयो भने टहरो बनाएर भने पनि काम गर्नुपर्ने छ ।”

यस्ता छन् एक वर्षका उपलब्धि एक वर्षे उपलब्धिहरु

सार्वजनिकीकरणका क्रममा प्रतिष्ठानले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कर्मचारी (प्रशासन) नियमावली २०८० निर्माण कार्य अघि बढाइएको, प्रतिष्ठानको कार्य सञ्चालन निर्देशिका अन्तिम चरणमा पुगेको, कलाकार परिचयपत्र वितरण कार्यविधि २०७४ संशोधनको अन्तिम चरणमा पुर्याईएको जानकारी गराएको छ ।

- Advertisement -
Ad imageAd image

प्रतिष्ठानको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने कार्य अघि बढाइएको र हल निर्माणको पहल जारी रहेको जनाइएको छ । निर्देशन तथा अभिनयसम्बन्धी, लाइट तथा साउण्डसम्बन्धी प्रशिक्षण तथा कार्यशाला एवं साँस्कृतिक नाटक “गुनकेशरी” निर्माण गरी मञ्चन गरिएको छ । नेपाली लोक नाचको विगत र वर्तमान विषयक गोष्ठी, पँवरिया नृत्य सङ्गोष्ठी, मुकुण्डो नृत्य प्रतियोगिता, सारङ्गी र मादल प्रशिक्षण, मौलिक पञ्चेबाजा र खैँजडी प्रशिक्षण एवं गीत लेखकसम्बन्धी गोष्ठी आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

लोक सङ्गीत विभागद्वारा नेपाली लोक सङ्गीत ‘हिजो र आज’सम्बन्धी गोष्ठी, लोपोन्मुख ‘असारे तथा दाईँ गीत’सम्बन्धी गोष्ठी, वरिष्ठ लोक गायक हरिबहादुर राउतको अन्तरवार्तामा आधारित वृत्तचित्र, मौलिक ठेट गीतको स्वराङ्कन र छायाङ्कनसमेत गरिएको प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यस्तै शास्त्रीय सङ्गीत उत्सव, पुन मगर समुदायमा प्रचलित पुख्र्याैली गीत सङ्गीत र ओखल्ढुङ्गाका राईको परम्परागत ‘दोलोकुम’ प्रस्तुत गरिएको थियो ।

वरिष्ठ गायक एवं सङ्गीतकार एलपी जोशी र शिवशङ्करको जीवनी र साङ्गीतिक योगदानमा आधारित वृत्तचित्र निर्माण भइरहेको जनाइएको छ ।

बजेट अभाव

कुलपति शर्माले गएको एक वर्षमा गर्ने धेरै योजना हुँदाहुँदै पनि काम गर्न नसकिएको बताउनुभयो । प्रतिष्ठानले प्रदेशस्तरीय नाट्य महोत्सव, संगीत नाट्य र नृत्यको अध्ययन अनुसन्धान, अन्तरराष्ट्रिय सम्मेलन र कार्यशाला, राष्ट्रिय सांस्कृतिक मेला, राष्ट्रियताप्रति ओतप्रोत हुने नाटक मञ्चन, सङ्गीत नाट्य प्रशिक्षण, त्रिदेशीय नाट्य महोत्सव, लोकगीत सम्मेलन, दोहोरी र जुहारी गीत सम्मेलन, नौमती बाजा अध्ययन, सङ्गीतको सैद्धान्तिक कार्यशालालगायत कार्यक्रम आयोजना गर्ने गरी योजना पेश गरिएको तर बजेटमा भारी कटौती हुँदा खुम्चिनु परेको कुलप िउहाँले सुनाउनुभयो ।

उहाँका अनुसार रु १५ करोड ३५ लाखको बजेट पेस गरिएकामा रु ५ करोड ४६ लाख मात्रै आएको र त्यो पनि प्रशासनिक बजेट धेरै भएकाले कार्यक्रम बजेट जम्मा ९० लाख मात्रै रहेको थियो । उहाँले आगामी वर्षका लागि १८ करोडभन्दा बढी आवश्यक रहेको भन्दै कार्ययोजना पेश गरिएको र आवश्यक बजेट विनियोजन भए सङ्गीत र नाट्य प्रज्ञा प्रतिष्ठानलाई चलायमान बनाउन सकिने बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपति शम्भु राईले मुलुकको संस्कृति र सांस्कृतिक विषयलाई राज्यले नबुझेसम्म रुपान्तरण सम्भव नहुने बताउनुभयो । उपकुलपति राईले यसपटक परम्परागत कामलाई निरन्तरता दिने मात्रै होइन केही नयाँ काम गरौँ भन्ने सोच हुँदाहुँदै बजेट नआउँदा सम्भव नभएको बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
73%
सोम
29 °C
मंगल
31 °C
बुध
28 °C
बिहि
25 °C
शुक्र
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ