Ad imageAd image

‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’:डिला सङ्ग्रौला

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

मन्थली (रामेछाप), नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले मन्थलीमा आज आयोजना गरेको पत्रकार भेटमा उहाँले सत्ता पक्ष र प्रतिपक्षका सांसद आफ्ना आसनमा नबसेका बेला बिहीबार सभामुखले जबरजस्ती सदन सञ्चालन गरेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीले सहकारी ठगीसम्बन्धी छानबिन गर्न संसदीय समिति बनाउन आस्वासन दिएपछि सहमत भएर कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको भए पनि प्रस्तुत नीति तथा कार्यक्रम परम्परागत भएको आरोप लगाउँदै पार्टीको ‘बटम लाइन’ संसदीय छानबिन समिति हो भन्नुभयो ।

उहाँले समिति गठन सडक आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो । नीति तथा कार्यक्रममा महिला सशक्तीकरण, व्यापार व्यवसाय प्रवद्र्धन र वैदेशिक रोगजारीमा गएका ३० लाखभन्दा बढीलाई निजी क्षेत्रसँगको साझेदारीमा फर्काएर उनीहरूलाई रोजगारी दिने योजना समावेश नभएको आरोप पनि लगाउनुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
64%
2 km/h
बुध
27 °C
बिहि
27 °C
शुक्र
24 °C
शनि
28 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ