राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिटौलाको उम्मेदवारी दर्ता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

विराटनगर I राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट गठबन्धनका साझा उम्मेदवार कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराउनु भएको छ । 

आज बिहान विराटनगरस्थित कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा  उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो । सिटौलाको  प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहनु भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले जानकारी दिनुभयो । 

नेपाली काँग्रेसका नेता कार्यकर्ता सहित सिटौला उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुग्नु भएको थियो । 

यसै गरी नेकपा माओवादी केन्द्रको तर्फबाट चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँको प्रस्तावकमा गणेश उप्रेती र समर्थकमा रामकुमारी खत्री रहनु भएको छ । 

 यसै गरी  नेकपा एमालेले पनि केहीवेरमा मनोनयन दर्ता गराउने कार्यक्रम रहेको बुझिएको छ । 

निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । 

सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । यससँगै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछन् ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदान सकिए लगत्तै गणना गरिने आयोगले जनाएको छ । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
73%
2 km/h
बुध
21 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ