भोजपुर, २६ असारः अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले राससलाई बताउनुभयो । उक्त स्थानमा आज बिहान सडक भासिएको हो । “वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भन्नुभयो,“सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।”
अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

प्रतिक्रिया
ट्रेन्डिङ
धरानमा निःशुल्क दन्त परीक्षण सेवा सुरु, उपचारमा पनि विशेष छुट
धरान । धरान–२, देशीलाइनस्थित ओम साई डेन्टल इम्प्लान्ट सेन्टर प्रा.लि. मा श्रावण १५ गतेदेखि निःशुल्क…
धरानमा श्रावण १५ भदौ ३१ गतेसम्म निःशुल्क दन्त परीक्षण शिविर हुने
धरान । धरानमा आगामी श्रावण १५ गतेदेखि सञ्चालन हुने निःशुल्क दन्त परीक्षण शिविरको प्रचारप्रसार सुरु…

