Ad imageAd image

सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै परामर्श

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, संसद्मा देखिएको गत्यावरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सिंहदरबारमा सत्तामा रहेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई अहिले छलफलमा बोलाउनुभएको हो ।

छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी सभालाई नियमित सञ्चालन गरी कार्यसूचीमा प्रवेश गराउन अभिभावकका हैसियतले सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षका नेता र सचेतकसँग पटकपटक छलफल गर्दै आउनुभएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अवरोधको अवस्थामा रहेको सभाको बैठक सञ्चालन गर्ने विषयमा राजनीतिक दलबीच छलफल भइरहेको र प्रतिपक्षले केही समय माग गरेकाले आजको बैठक सुरु हुन विलम्ब भएको जानकारी दिनुभयो । आजको प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे निर्धारिण गरिएको थियो । प्रमुख प्रतिपक्षी कांग्रेसले पनि विपक्षी दलका नेताहरुसँग छलफल गरिरहेको छ ।

- Advertisement -
Ad imageAd image

सङ्घीय संसद्को चालु अधिवेशनका हालसम्मका बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी अनियमिततामा संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ । सो दलले सभामुख घिमिरेको भूमिका तटस्थ र निष्पक्ष हुनुपर्ने माग पनि गर्दै आएको छ । यही जेठ १ गते सुरु भएको चालु अधिवेशनको पहिलो दिनदेखि नै विपक्षी कांग्रेसले अवरोध गर्दै आएको छ ।

जेठ २ गतेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुति भएको थियो भने उहाँलाई धन्यवाद दिनेलगायत कार्यसूची रहेको उक्त दिनको साँझको बैठकमा प्रतिपक्षीले अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो । यही जेठ ३ गतेको बैठक पनि विपक्षीको विरोधका कारण अवरोध भएको थियो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
94%
1 km/h
बुध
27 °C
बिहि
27 °C
शुक्र
24 °C
शनि
28 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ