Ad imageAd image

सर्लाहीमा सातवटा घर जलेर नष्ट

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–२, मा मङ्गलबार मध्यान्ह आगलागी हुँदा सातवटा घर जलेर नष्ट भएका छन्।

धनकौल २ का सुरेश मण्डलको घरमा विद्युत् सर्ट भएर सुरु भएको आगलागीले उहाँसहित छरछिमेकी सात जनाको घर जलेर नष्ट भएको हो।

आगलागीबाट सुरेश मण्डल, गणेश मण्डल, शिवचन्द्र मण्डल, शङ्कर मण्डल, रामप्रवेश मण्डल, रामपृत मण्डल र शिवजी मण्डलको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

मध्यान्ह तीव्र गतिमा हावा चलेका बेला भएको आगलागीले फुसको छानो भएका घर एक छिनमा जलेर खरानी भएका स्थानीयले बताएका छन्। आगलागी गाउँले र सुरक्षाकर्मी मिलेर मोटर तथा डोलले पानी हालेर निभाएको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad imageAd image

आगलागी निभाउन रौतहटको गौरबाट दमकल मगाइएको थियो। प्रहरी र गाउँले भएर आगो निभाएकाले गौरदेखि मगाइएको दमकल बाटोबाटै फर्काइयो।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम थापाले आगलागीबाट १५ लाख रुपियाँ भन्दा बढीको क्षति भएको जानकारी दिनुभयो।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
83%
2 km/h
आइत
19 °C
सोम
25 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ