Ad imageAd image

केएमसी घटनाको छानबिन गर्न चिकित्सक सङ्घको माग

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)मा भएको घटनाको छानबिन गर्न माग गरेको छ।

सङ्घका महासचिव डा. सञ्जीव तिवारीले मंगलबार विज्ञप्ति निकाल्दै स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतङ्कमा पर्ने गरी घटाइएको घटनामा संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न माग गर्नुभएको हो।

१७ गते केएमसी अस्पतालमा सङ्घका आजीवन सदस्य प्रा.डा. विनीता प्रधान र डा. पूजा शाह माथि गरेको कुटपिट र अस्पतालमा तोडफोड भएको थियो।

- Advertisement -
Ad imageAd image

सङ्घले विज्ञप्तिमार्फत स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ पहिलो संशोधन २०७९ बमोजिम कानुनी कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सरोकारवाला निकायसँग माग गरेको छ।

अस्पतालमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्थानै तोडफोड गर्ने जस्ता आपराधिक कार्य घटना प्रति सङ्घले आपत्ति जनाएको छ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
clear sky
17° _ 17°
100%
1 km/h
सोम
25 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
23 °C
शुक्र
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ