Ad imageAd image

मुस्लिम आयोग र हज कमिटीबीच समन्वय बढाउन सुझाव

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा अन्तर धार्मिक सहिष्णुताका लागि मुस्लिम आयोग र नेपाल हज कमिटीबीचको समन्वय प्रभावकारी गराउन सुझाव दिइएको छ ।

समितिको बैठकमा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले साउदी अरबमा हजमा पठाउँदा कार्यविधि र आवश्यकताका आधारमा नभई तजबिजीका आधारमा पठाइने गरिएकाले त्यहाँभित्रको अनियमितता छानबिन हुनुपर्ने माग गर्नुभयो । उहाँले उक्त कार्यक्रममा आयोगलाई कुनै जिम्मेवारी नदिइएकाले समन्वयमा समस्या भएको बताउनुभयो ।

सरकारी खर्चमा हज जान तँछाडमछाड हुने हुनाले यस्तो प्रवत्ति रोकिनुपर्ने उहाँको भनाइ थियो । समितिका सभापति किरणकुमार साहले हज कार्यक्रमका सम्बन्धमा विभिन्न गुनासा र समस्या देखिएकाले सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेर समितिले निर्देशन दिने जानकारी दिनुभयो ।

समितिका सदस्य रोशन कार्कीले अन्तरधार्मिक सहिष्णुताका लागि मुस्लिम आयोगले समय समयमा तालिमलगायका कार्यक्रम सञ्चालन गर्नुपर्ने र हज कमिटीसँग समन्वय बढाउनुपर्ने बताउनुभयो । समिति सदस्य सुशीला श्रीपालीले हज कमिटीमाथि आयोगले निगरानी राख्न पाउने गरी सरकारलाई निर्देशन दिन माग गर्नुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
32°C
Kathmandu
clear sky
32° _ 32°
11%
5 km/h
मंगल
31 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ