Ad imageAd image

मुगुमा बेमौसमी सिमी उत्पादन भएपछि तरकारीको समस्या हट्यो

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

मुगु, । सोरु गाउँपालिका-८ कच्चे गाउँका मदुकला कार्कीलाई आजभोलि घर परिवारका लागि खानासँगै तिउन तरकारी के बनाउने भन्ने झर्को लाग्न छोडेको छ ।

कच्चेकी अर्की गृहिणी नन्दादेवी बुढा एक वर्षअघिका दिन सम्झँदै भन्नुहुन्छ “बिहान बेलुका खाना बनाउन लाग्दा के तिउन, तरकारी बनाउने भनेर सधैँ चिन्ता लाग्ने गरेको तर अब त्यो झर्को टरेको छ ।”

उहाँहरुमा मात्र होइन यस वर्षको जेठ, असारमा कच्चे गाउँका सबै घरधुरीका गृहिणीलाई भात, रोटीसँगै खान तरकारी र दालको झर्को टरेको छ । कच्चे गाउँका चक्रबहादुर कार्की विगत वर्षहरुमा असारमा सिमी, मास तथा अन्य गेँडागुडी लगाएर कात्तिकमा पाक्ने र टिप्ने गर्थे ।

- Advertisement -
Ad imageAd image

उहाँले वर्षमा एकचोटि मात्र हुने दलहन बालीबाट उत्पादित दाल पाँच महिना मात्र पुग्थ्यो त्यसपछिका वैशाख, जेठ, असार महिनामा के दाल बनाउने भनेर घरका घरिनालाई चिन्ता हुन्थ्यो अब भने त्यो चिन्ता हटेको बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय गमगढी मुगुले यहाँका कृषकलाई बेमौसमी सिमी खेती गर्न सिकाइ यस वर्षबाट खेती गर्न सुरु गराएपछि बेमौसममा पनि सिमी उपलब्ध भएपछि कच्चे गाउँका स्थानीय दाल बनाउने झर्को टरेको हो ।यो गाउँका स्थानीयले फागुन महिनामा सिमी लगाएका थिए अहिले पाकेर सिमी निकाल्ने चटारोमा छन् ।

परियोजना कार्यान्वयन एकाइ कार्यालय मुगुका प्रमुख तेजविक्रम मल्लले वर्षौदेखि वर्षमा एकचोटि मात्र सिमी खेती गर्दै आएका कच्चेवासीले सुरुमा बेमौसममा सिमी लगाउन सिकाउँदा विश्वास नै गरेका थिएनन्, जग्गा बिग्रने भयो, बीउ मर्ने भयो भनेर चिन्ता मान्ने गरेका थिए, हामीले सिमीको बीउसहित सिमी राख्ने भकारीसहित निःशुल्क तालिम दिएपछि बेमौसमी सिमीखेती लगाउन गाउँले राजी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले गरेको योजनाअनुसार सिमी उत्पादन नभए के गर्ने, कृषकले के भन्लान् भन्ने चिन्ताका बीच सिमी खेती राम्रो र गुणात्मक उत्पादन भएपछि कृषक खुसी भएका छन् । वर्षमा दुईचोटि सिमी उत्पादन हुने भएको छ । फागुनमा लगाएको सिमी जेठ र असारमा लगाएको सिमी कात्तिकमा टिप्ने भएका छन् ।”

परियोजनाको प्राविधिक तथा आथिक सहयोगमा कच्चे जिउलाको चार हेक्टर जमिनमा कच्चे गाउँका ८० घरधुरिले सिमी खेती गरेका छन् । कृषकले राम्रो उत्पादन गरेर बिक्री गर्न चाहेमा कार्यालयले कृषकलाई बजारसम्म लैजान ढुवानी अनुदान दिने परियोजन प्रमुख मल्ल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,“बेमौसमी सिमी उत्पादन भएपछि घरका महिला बढी लाभान्वित भएका छन् उहाँहरुको कार्यबोझ र चिन्ता घटेको छ भने घरपरिवारले सुक्खा महिनामा पनि झोलिलो दाल खान पाएका छन् ।” परियोजना कार्यान्वयन एकाइ मुगुको सहयोगमा यस वर्ष मुगु जिल्लाका स्थानीयवासीले २५ हेक्टर जमिनमा बेमौसमी सिमी खेती गरेका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
scattered clouds
18° _ 18°
65%
2 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ