Ad imageAd image

एमालेले सचिवहरुलाई बुझायो ज्ञापनपत्र

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ‘झुलाघाट-चुवा भञ्ज्याङ’ अभियानका क्रममा सङ्कलित नागरिकका समस्या तथा सुझाव समेटिएको ज्ञापनपत्र मुख्यसचिव र विभिन्न मन्त्रालयका सचिवलाई बुझाएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल र सो पार्टीका मुख्य सचेतक पदम गिरीले आज नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याललगायत विभिन्न मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाउनुभयो ।

एमालेले गत मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि मेचीको चुवा भञ्ज्याङसम्मको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गरेको थियो । सो अवसरमा प्राप्त नागरिकका समस्या र सुझाव समेटिएको दस्तावेज आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममार्फत सरकारका सचिवहरुलाई बुझाइएको हो ।

सो अवसरमा उपाध्यक्ष पौडेलले मध्यपहाडी क्षेत्रमा पछिल्लो समय बसाइँसराइको गति तीव्र भएको, खेतीयोग्य जमिन बाँझो हुँदै गएको, घरहरु खण्डहरु बन्दै गइरहेको भन्दै बसाइँसराइ कम गर्न अध्ययन गरी काम अगाडि बढाउन आग्रह गर्नुभयो । उपाध्यक्ष पौडेलले मध्यपहाडी लोकमार्गलगायत विभिन्न राजमार्गको काम अगाडि बढाउन र पहाडी क्षेत्रमा गर्न सकिने विकासका काम सरकारले यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

- Advertisement -
Ad imageAd image

“पहाडी क्षेत्रमा बसाइँ सर्नेक्रम तीव्र छ, बसाइँसराइले पहाड रित्तिँदै छ, बसाइँसराइ रोक्न के गर्न सकिन्छ त्यसतर्फ सम्बन्धित मन्त्रालयको ध्यान जाओस्”, उहाँले भन्नुभयो । आज बुझाइएको ज्ञापनपत्र दराजमा मात्रै नथन्क्याउन र प्राप्त सुझावका आधारमा नागरिकका समस्या सम्बोधन गर्न उहाँले आग्रह गर्नुभयो ।

मुख्यसचिव डा वैकुण्ठ अर्यालले ज्ञापनपत्रमा प्राप्त सुझाव महत्वपूर्ण हुने भन्दै सुझावअनुसार कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “ज्ञापनपत्र दराजमा थन्क्याइने छैन, कुन मन्त्रालयबाट के गर्न सकिन्छ त्यो विषयमा छलफल गरी कार्यान्वयन प्रक्रियामा जानेछौँ ।”

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
100%
2 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
29 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ