विद्यार्थी कम भएपछि छत्रकोटका ९ विद्यालय समायोजन, १ खारेज

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

गुल्मी । विद्यार्थी संख्या कम भएपछि गुल्मीको छत्रकोट गाउँपालिकामा ९ वटा विद्यालय समायोजन गरिएको छ । पालिकामा रहेको एउटा विद्यालय खारेज भएको छ भने सात वटा विद्यालयको कक्षा घटाइएको छ ।

वडा नं २ मा रहेको पिपलडाँडा आधारभूत विद्यालय, १ को जनचेतना आधारभूत विद्यालय, २ कै ठूलापोखरा आधारभूत विद्यालय र वडा नं ३ मा रहेको भगवती आधारभूत विद्यालयलाई समायोजन गरिएको छ ।

त्यस्तै वडा नं ३ को खड्गदेवी आधारभूत विद्यालय र भानु आधारभूत विद्यालय, ५ को जनता आधारभूत विद्यालय, ६ को आलम आधारभूत विद्यालय र कालिका आधारभूत विद्यालय समायोजना गरिएको गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक विनोद न्यौपानेले बताए ।

छत्रकोट वडा नं ४ मा रहेको कालिका बाल विकास केन्द्र भने खारेज भएको छ ।

गाउँपालिकाले बुद्धिविनोद आधारभूत विद्यालय छत्रकोट–१, पिपलपोखरा आधारभूत विद्यालय छत्रकोट–१, जनशिक्षा आधारभूत विद्यालय छत्रकोट–३ को कक्षा घटाएको छ ।

त्यस्तै, सरस्वती आधारभूत विद्यालय छत्रकोट–५, देविस्थान आधारभूत विद्यालय छत्रकोट–३, जनज्योति आधारभूत विद्यालय छत्रकोट–४ र ज्योति आधारभूत विद्यालय छत्रकोट–५ को कक्षा घटाइएको छ ।

गाउँपालिकामा रहेका ३७ वटा विद्यालयमध्ये ९ वटा मावि र २८ वटा आधारभूत विद्यालय थिए । समायोजन र खारेजीपछि ९ वटा मावि र १८ वटा आधारभूत विद्यालय गरी २७ वटा विद्यालय कायम भएका छन् ।

विद्यालयहरूमा विद्यार्थी संख्या अत्यन्तै न्यून हुँदै गएपछि समायोजन गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । समायोजन भएर अर्को विद्यालयमा जाने विद्यार्थीहरूको लागि यातायात खर्च वापतको रकम गाउँपालिकाले व्यहोर्ने अध्यक्ष पाण्डेले जानकारी दिए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ