प्यालेस्टाइनी क्षेत्रका लागि राष्ट्रसङ्घद्वारा २.८ अर्ब डलरको अपिल फ्ल्यास सार्वजनिक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२ अर्ब अमेरिकी डलरको फ्ल्यास अपिल सार्वजनिक गरेको छ ।

उक्त रकम यस वर्षको अन्त्यसम्ममा पूर्वी जेरुसेलमसहित गाजा र वेस्ट ब्याङ्कका ३.१ मिलियन मानिसहरूलाई सहायता गर्न प्रयोग गरिने युएनओसिएचएले जनाएको छ ।

कार्यालयले उक्त प्रक्रियाका लागि, सञ्चालित अवस्थाहरूमा ठूला परिवर्तनहरू हेर्न आवश्यक रहेको जनाएको छ । मानवीय संस्थाहरूले गाजा पट्टी र वेस्ट ब्याङ्कका पीडितहरुलाई आवश्यक सुरक्षित र दिगो पहुँच हुनुपर्ने पनि जनाएको छ । 

कार्यालयले भनेको छ, “गाजामा थप प्रवेश र आपूर्ति मार्गहरू चाहिन्छ, अशदोद बन्दरगाहको प्रयोग पनि चाहिन्छ । उनीहरूलाई गाजाभित्र आवागमनमा अवरोध नियन्त्रण र सहायताका लागि भिसा र अनुमतिहरू, समयमै प्रदान गरी मानवीय वस्तुहरू ल्याउन सक्षम हुन आवश्यक छ ।’’

गत वर्ष अक्टोबर सातमा दक्षिणी इजरायलमा हमासले गरेको घातक आक्रमणको प्रतिक्रियामा इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गर्दा एक हजार दुई सय मानिस मारिए भने दुई सय भन्दा बढीलाई बन्धक बनाइएको थियो । 

इजरायली आक्रमणले अहिलेसम्म ३३ हजार सात सय भन्दा बढीको मृत्यु भएको छ भने ७६ हजार भन्दा बढी घाइते भएका छन् । 

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
light rain
20° _ 20°
77%
4 km/h
बिहि
20 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ