इलाम– २ ,तीन स्थानमा मतगणना जारी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इलाम । इलाम– २ को मतगणना कार्यलाई चाँडो सम्पन्न गराउन तीन स्थानमा मतगणना सुरु हुने भएको छ ।

सोमबार बिहानसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ । अहिले माङ्सेबुङको गणना जारी छ । अझै तीन पालिकाको मतगणना बाँकी छ ।

तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।अहिलेसम्म २१ हजार ८१० मतगणना भइसकेको छ । यसपटक ६९ हजार २७० मत खसेको थियो ।

अझै ४७ हजार ४६० मत भने गणना गर्न बाँकी छ । यो मतगणनाको नतिजा मङ्गलबार बिहानसम्म आउने अनुमान गरिएको छ । सोमबार बिहानसम्म नेकपा (एमाले)का उम्मेदवार सुहान नेम्वाङले आठ हजार ८९८ मत प्राप्त गर्नुभएको छ ।

उहाँले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई दुई हजार ६१८ मतले पछि पार्नुभएको हो । कांग्रेसका खड्काले ६ हजार २८० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, स्वतन्त्र उम्मेदवरा डकेन्द्रसिंह थेगिमले चार हजार ६३४ मत र राट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बूले एक हजार ३०५ मत प्राप्त गर्नुभएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
64%
2 km/h
शनि
20 °C
आइत
23 °C
सोम
25 °C
मंगल
27 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ