नेपाली फुटबल टिम इङ्ल्यान्डको भिसा नआएपछि विहानको टिकट राति स-यो 

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । भिसा नआएपछि नेपाली टोलीको इंग्ल्यान्ड भ्रमणमा ढिलाइ हुने भएको छ । आज विहान ९ बजेका लागि नेपाली टिमको टिकट तय गरिएको भए पनि खेलाडी त्यसतर्फ जान पाएका छैनन् ।

हिजो नेपालका लागि इंग्ल्यान्डका राजदूतले नेपाली टिमको विदाइ गरेका थिए । तर, भिसा नआएका कारण एन्फाले खेलाडी पठाउन पाएको छैन । भिसा समस्या भएपछि दुई समय गरेर खेलाडी पठाउने सुरुआति तालिका थियो। तर, सबै खेलाडीको पासपोर्ट ढिलो प्राप्त भएका कारण भिसा एप्लाई गर्न नै ढिलाइ भएको थियो । जसका कारण खेलाडीको भिसा आउन समय लागेको जनाइएको छ । 

एन्फाका प्रवत्ता सुरेश शाहले नेपाली टिमको ट्रान्जिट दोहा र यूएई फरक–फरक परेका कारण विहानको टिकट रातिलाई सारेर टिमलाई सँगै लैजाने बताएका छन् । ३५ सदस्यको नेपाली टिमलाई एन्फाले हिजो विदाइ गरेको थियो । नेपाली टिमले यही वैसाख २४ गते एल्डरसट टाउन फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
76%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ