दुबईमा नेपालीले २५ करोडमा खोलेको क्लबमा कन्सर्ट गर्दै मंगालियन हार्ट,एक वर्षमा तेश्रो पटक युएईमा गुन्जिदै

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । केही समयअघिमात्रै अष्ट्रेलिया,दक्षिण कोरिया र पोखरामा आफ्नो प्रस्तुतिमार्फत माहोल तताएको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले अब युएइको दुबईमा वृहत कन्सर्ट गर्ने भएको छ ।

युएईस्थित बरदुबईमा करिब २५ करोडको लगानीमा नेपालीले खोलेको नाइट क्लबको उद्घाटनको अवसरमा मंगोलियन हार्टले कन्सर्ट गर्ने भएको हो ।

ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाका अनुसार क्लब एस के सेभेनको वृहत उद्घाटनको अवसरमा आगामी शनिबार मे ४ तारिखका दिन प्रस्तुति दिने तय भएको हो ।

‘संसारभर नेपालीहरुले विभिन्न माध्यमबाट नेपाली संगीतको प्रवद्धन गरिरहेका छन् । बर दुबईमा नेपाली साथीकै लगानीमा ठूलो क्लब खोलिँदा त्यहाँ नेपाली संगीत पनि बज्ने हो ।

सुरुवात हामीबाटै हुँदैछ,’ म्यानेजर लामाले भने । उक्त क्लबका लगानीकर्ता काठमाडौंका सरोज विष्ट हुन्, जो १३ वर्षदेखि दुबईमा व्यावसायी गर्दै आइरहेका छन् ।

गायक राजु लामा ‘फ्रन्ट म्यान’ रहेको यो ब्यान्डले कार्यक्रममा आफ्ना लोकप्रिय पुराना गीतहरु प्रस्तुत गर्ने तयारी छ । युएईमा पछिल्लो एक वर्षमा मंगोलियन हार्टको यो तेश्रो कन्सर्ट हो ।

युएईमा दर्शकहरुको माग बढी भएका कारण तेश्रो पटक कन्सर्ट भएको हो । ३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा ।

लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन् ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ