Ad imageAd image

अनशनरत भण्डारीको जीवनरक्षाको माग

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, शारीरिक अपाङ्गता भएका व्यक्तिले विभिन्न माग राखी गरेको आन्दोलनका क्रममा केही व्यक्ति पक्राउ परेका छन् । सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै शान्तिवाटिकामा विगत १६ दिनदेखि अनशनरत तनहुँका दीपक भण्डारीको जीवनरक्षाका लागि आज भएको प्रदर्शनमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विकास थापा, भोजराज श्रेष्ठ, सुगम भट्टराई, पर्वतराज विष्ट, कृतन दुवाल, वासुदेव यादव, गोपाल मोक्तान, सीता भण्डारी, गङ्गा राई, दानबहादुर थिङ, शर्मिला विश्वकर्मा, रमेश खड्का, लक्ष्मी बस्नेत, राजेन्द्र महर्जन, बेग लामा, लक्ष्मण मगर, बिनिता रेग्मी, शरण श्रेष्ठलगायत छन् ।

यसअघि गत आइतबार अपाङ्गता अधिकारका लागि काठमाडौँमा केही समय चक्काजाम गरिएको थियो । शान्तिवाटिकामा भेला भएका उनीहरूले भद्रकालीमा पुगी कार्यक्रम सञ्चालन गरेका थिए । गत चैत १४ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र अनशनरत भण्डारीबीच गत वैशाख १ गतेदेखि सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा सुरु गर्ने सम्झौता भएको थियो ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका पूर्वअध्यक्ष भोजराज श्रेष्ठले सम्झौता कार्यान्वयनका लागि तीन सदस्यीय समिति गठन गरे पनि सम्झौता कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । अनशनलाई राष्ट्रिय बहिरा महासङ्घ, बौद्धिक अपाङ्गता अभिभावक महासङ्घ, राष्ट्रिय अपाङ्ग महासङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घलगायतले प्रतिबद्धता जनाइसकेका छन् ।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
mist
17° _ 17°
100%
2 km/h
सोम
27 °C
मंगल
26 °C
बुध
26 °C
बिहि
21 °C
शुक्र
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ