Ad imageAd image

सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरु

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

बागमती : बागमती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समितिका सभापति चयन गर्न निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । प्रदेशसभाअन्तर्गतको समितिका सभापति पदमा सर्वसम्मतको प्रयास भए पनि दलहरूबीच सहमति हुन नसकेपछि आजदेखि निर्वाचन प्रक्रिया सुरु गर्न लागिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

सभापति चयनका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि मनोनयन दर्ता र जेठ ५ गते शनिबार मतदान हुनेगरी निर्वाचन प्रक्रिया सुरु गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ ।

ती सबै समितिमा लामो समयदेखि सभापति चयन हुन नसक्दा समितिहरूको कामकाज प्रभावित हुँदै आएको छ । कुल एक सय १० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।

- Advertisement -
Ad imageAd image

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
broken clouds
28° _ 28°
50%
2 km/h
शुक्र
27 °C
शनि
31 °C
आइत
32 °C
सोम
31 °C
मंगल
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ