काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नेपाली कांग्रेसका नेताहरू छलफलमा जुटेका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा महामन्त्री गगन थापा, प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखक, कृष्णप्रसाद सिटौला, रामहरि खतिवडालगायत नेताहरू छलफलमा छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजमात्रै गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिन कांग्रेससँग आग्रह गर्नुभएको थियो । गृहमन्त्रीलाई बोल्न दिए संसदीय छानबिन समिति गठन गर्ने उहाँको आश्वासन छ । कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संघीय संसद्का दुवै बैठक अवरोध गर्दै आइरहेको छ ।
Recent Visitors: 6
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1