मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

मनाङ, मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८०-८१ को आठ महिनामा ५६ ट्रक, आठ सय ३४ कार- जीप, ५० ट्याक्टर र दश मोटरसाइकल गरी सवारीचालक कारबाहीमा परेका हुन् ।

प्रहरी नायब उपरीक्षक एवम् प्रमुख नरेशकुमार सिंहले कारबाहीबाट रु नौँ लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । त्यसमध्ये ट्रक कारबाहीबाट रु ५१ हजार, कार जीपबाट रु आठ लाख २९ हजार पाँच सय, ट्याक्टर कारबाहीबाट रु ५२ हजार, मोटरसाइकल कारबाहीबाट रु सात हजार राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

चालु आवको साउनमा ८० सवारीचालकबाट रु ८१ हजार पाँच सय, भदौमा ६७ बाट रु ६५ हजार, असोजमा एक सय ४५ बाट रु एक लाख ४८ हजार पाँच सय र कात्तिकमा दुई सय ९१ सवारीचालक कारबाहीबाट रु दुई लाख ९५ हजार पाँच सय राजस्व संकलन भएको छ ।

यस्तै मङ्सिरमा एक सय ७५ सवारीचालकबाट रु एक लाख ६६ हजार, पुसमा ४३ बाट रु ३८ हजार पाँच सय, माघमा १५ बाट रु ११ हजार पाँच सय, फागुनमा ४२ बाट रु ३४ हजार र चैतमा ९२ सवारीचालक कारबाहीमा परेकाले रु ९९ हजार राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको छ ।

मनाङमा कम सवारीसाधन सञ्चालन हुने गरे पनि कानुनी तथा ट्राफिक नियम पालना नगर्दा कारबाहीमा पर्ने गरेका छन् । त्यसैले ट्राफिक नियमको पालना गर्न जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

समय समयमा ट्राफिक नियमको पालना गराउने उद्देश्यले विद्यालयस्तरीय कार्यक्रम तथा स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको प्रमुख सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “मनाङजस्तो विकट ठाउँमा सवारी कारबाही गर्न नपर्ने गरी ट्राफिक नियमको पालना गराउनमा प्रहरी लागिपरेको छ । यसलाई थप व्यवस्थित गर्दै लैजाने छौँ ।”

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
67%
4 km/h
शनि
14 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ