नेपाली कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : पौडेल

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्षले विष्णुप्रसाद पौडेलले लोकतान्त्रिक अभ्यासको अनुसरण गरी संसद्को गतिरोध अत्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मतका लागि गर्नुभएको प्रस्तावको समर्थन गर्दै पौडेलले मुलुकमा राजनीतिक स्थिरताका लागि संसद्को गतिरोध अन्त्य हुनुपर्ने बताउनुभएको हो ।

“राजनीतिक स्थिरता कायम गर्दैै मुलुकलाई गति दिन सरकारलाई साथ दिन सबै दलहरुलाई म आग्रह गर्दछु । नेपाली कांग्रेसले आफ्नो भूमिकालाई पुनर्विचारसहित लोकतान्त्रिक अभ्यास अनुसरण गरेर अघि बढ्न आह्वान गर्दछु”, उहाँले भन्नुभयो । अहिलेको सरकारले सुशासन प्रत्याभूतिको सन्देश दिएको, नागरिक तहमा रहेको निरासा चिरेको र पछिल्ला प्रयासबाट आशाको सञ्चार हुँदै गएको पौडेलले दाबी गर्नुभयो ।

सहकारी संस्थाहरुको रकम हिनामिनाका सन्दर्भमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मा विरोध जनाइरहेको छ । आज होहल्लाका बीच विश्वासको मत लिने प्रक्रिया अघि बढेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
77%
2 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ