लुम्बिनीमा एक मन्त्री थप, मन्त्री मण्डल १२ सदस्यीय बन्यो

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चौथो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले सोमबार कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री केसीलाई सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । केसी माओवादी केन्द्रबाट निर्वाचन प्रत्येक्ष सांसद हुन् ।

प्रदेशमै प्रत्येक्ष निर्वाचन एक मात्र महिला सांसद रहनुभएकी केसी तेस्रो पटक मन्त्री नियुक्त भएकी हन् ।केसी यस अघि एमालेका लिला गिरी मुख्यन्त्री हुँदा करिब तीन महिना मन्त्री भईन । तत्कालिन अबस्थामा उनी विनाविभागिय मात्रै थिइन ।

काँग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री हुँदा शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेको एक महिनामै त्यो सरकार पनि ढलेको थियो । अहिले तेस्रो पटक उनी मन्त्रीमा नियुक्त भएकी छन् । उनी दोस्रो पटक बाँकेबाट सांसद निर्वाचित भएकी हुन् ।

उनी मन्त्री नियुक्त भएसंगै १२ सदस्यीय मन्त्री मण्डल भएको छ । यस अघि एमालेका पाँच, माओवादी केन्द्रका मुख्यमन्त्री सहित दुई, नागरिक उन्मुक्ति पार्टीक एक, जनता समाजवादी पार्टी(जसपा)का एक, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्रबाट निर्वाचित एक जना मन्त्री छन् ।

यसअघि एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला मन्त्रालय, नेकपा माओवादी केन्द्रका दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय, जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, एमालेका भूमिश्वर ढकाललाई सहरी विकास तथा खानेपानी मन्त्रालय, दिनेश पन्थीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, अर्जुनकुमार केसीलाई वन तथा वातावरण मन्त्रालय, रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा छन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र स्वतन्त्रका खड्ग बस्नेतलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्री छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
48%
1 km/h
शनि
27 °C
आइत
31 °C
सोम
32 °C
मंगल
33 °C
बुध
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ