बनियानी (झापा), १० असार : झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिनुभयो । “बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ ।” बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टी मिटर रहने उहाँले बताउनुभयो । सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । ‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्रसुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिनुभयो । “सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो”, उहाँले भन्नुभयो, “सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो ।” सडक कालोपत्रका लागि रु २५ करोडको कबोल अङ्क तोकेर बोलपत्र आह्वान गरिएको पनि निर्माण कम्पनीले रु १५ कराड ५० लाखमा ठेक्का लिएको छ ।
बिर्तामोड–शनिश्चरे सडक कालोपत्र : स्थानीयवासी खुसी

प्रतिक्रिया
ट्रेन्डिङ
‘रोल नं १’को टिकटमा किन दिइयो ५० प्रतिशत छुट् ?
काठमाडौं । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् ।…
९७ पटक रक्तदान गरेका सिलवाल भन्छन् : समाज भ्रमबाट मुक्त हुन जरूरी छ
काठमाडौं । नेपालमा हरेक वर्ष हजारौँ बिरामीले रगतको आवश्यकता पर्ने भए पनि पर्याप्त रक्तदाता नहुँदा…
भारतमा मूल्य बढ्यो, नेपालमा अझै सस्तो : क्यान्सरका औषधिको उपलब्धतामाथि गम्भीर प्रश्न
काठमाडौं । भारत सरकारले क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटीन (Carboplatin) र सीस्प्लाटीन (Cisplatin) औषधिको खुद्रा…
एशियाली खेलकुद पौडी छनोट विवाद: आर्थिक चलखेलको आशंका गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं - आगामी २०औं एशियाली खेलकुद प्रतियोगिताका लागि पौडी खेलाडी छनोट प्रक्रियामा गम्भीर आर्थिक चलखेल…

