सिन्धुपाल्चोक, १० असार : गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताउनुभयो ।
मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

प्रतिक्रिया
ट्रेन्डिङ
‘फिनेल’ समाचार विवादमा रातो पाटी : प्रेस काउन्सिलले माग्यो ३ दिनभित्र जवाफ
धरान : रातोपाटी डट कममा प्रकाशित समाचारले आफ्नो चरित्रहत्या गरेको र पठाएको खण्डनसमेत उचित ढङ्गले…
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७…

