सिन्धुपाल्चोक, १० असार : गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताउनुभयो ।
थाइल्याण्डको राजधानी बैंककमा धार्मिक कृति ‘सारगीता’ को भव्य लोकार्पण
बैंकक, थाइल्याण्ड । नेपाली भाषा, कला र संस्कृतिको प्रवर्धन सक्रिय संस्था साहित्य मन थाइल्याण्डको आयोजनामा बैंककमा एक भव्य साहित्यिक तथा धार्मिक समारोहका बीच ‘सारगीता’ नामक पुस्तकको लोकार्पण गरिएको छ। शनिबार…


