झापा, ११ असारः आज विहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते हुनुभएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । साथै गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।
हरेक क्षेत्रमा सम्भावना देख्न युवाहरूलाई आह्वान
बैंकक । साहित्यकार सचितानन्द घिमिरेले हरेक क्षेत्रमा सम्भावना देख्न युवाहरूलाई आह्वान गर्नुभएको छ। साहित्य मन थाइल्याण्डले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा उहाँले सम्भावना देख्ने युवाले सफलता प्राप्त…


