काठमाडौँ, ११ असार : प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको प्रक्रिया थालेको छ । डिजिटलसहित विभिन्न सञ्चार माध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यक देखिएको काउन्सिलले जनाएको छ । सोहीकारण पुनरावलोकनको प्रक्रिया थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभयो । “प्रविधिले फड्को मारी पत्रकारिताको आयाम र प्रवृत्तिमा व्यापक विस्तार भएको छ । सञ्चार माध्यमको सम्पादकीय नेतृत्व गर्ने सम्पादकको योग्यतामा फेरबदल भएको छैन । सोहीकारण हामीले त्यसको योग्यता र मापदण्ड पुनरावलोकन प्रक्रिया थालेका हौँ”, अध्यक्ष बस्नेतले आज नयाँ अनलाइन, युट्युब, सञ्चार माध्यमका सञ्चालक, सम्पादकलाई काउन्सिलमै राखिएको अभिमुखीकरण कार्यक्रममा भन्नुभयो । पत्रकारलाई गल्ती गर्ने छुट नभएकातर्फ हरदम ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले मानवीय कमजोरीले यदाकदा गल्ती भए क्षमायाचनासहित सच्याउन सधैँ अग्रसर हुन सुझाव दिनुभयो । अभिमुखीकरणमा आचारसंहिताको पाटोमा कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक विजय पौडेल र विभिन्न सञ्चार निर्देशिका एवं अनुगमनबारे काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सहजीकरण गर्नुभएको थियो । पत्रकार पौडेलले दर्शक बढाइ केही कमाउने लोभमा पत्रकारिता सक्नेतिर कोही पनि लाग्न नहुने बताउनुभयो । पत्रकार आचारसंहिता र पत्रकारिताको धर्म पालना गर्दैअघि बढेमा युट्युबसहित सामाजिक सञ्जालको सदुपयोग हुने उहाँको सुझाव थियो ।
सम्पादकको योग्यता पुनरावलोकनको तयारी

प्रतिक्रिया
ट्रेन्डिङ
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७…
‘फिनेल’ समाचार विवादमा रातो पाटी : प्रेस काउन्सिलले माग्यो ३ दिनभित्र जवाफ
धरान : रातोपाटी डट कममा प्रकाशित समाचारले आफ्नो चरित्रहत्या गरेको र पठाएको खण्डनसमेत उचित ढङ्गले…

