लमजुङ, १२ असार : लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते भएका थिए । बेपत्ता भएकाहरुको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिनुभयो । पहिरोले घर भत्किँदा एकजनाको मृत्यु, एक घाइते यसैबीच लमजुङको दोर्दी गाउँपालिका–९ मा गए राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । उक्त घटनामा १८ वर्षीय मिलन सुनार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिनुभयो । विकल र मिलन दाजुभाइ हुन् । दुवैजनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकामा विकलको उपचारकै क्रममा मृत्यु भएको हो । मिलनको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै पहिरोका कारण लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध छ । बेँसीसहर नगरपालिका–६ खरकहरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।
लमजुङ पहिरो अपडेट : बेपत्ता वृद्धको शव भेटियो

प्रतिक्रिया
ट्रेन्डिङ
भारतमा मूल्य बढ्यो, नेपालमा अझै सस्तो : क्यान्सरका औषधिको उपलब्धतामाथि गम्भीर प्रश्न
काठमाडौं । भारत सरकारले क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटीन (Carboplatin) र सीस्प्लाटीन (Cisplatin) औषधिको खुद्रा…
नेपालमा बालश्रम न्यूनीकरणमा कम प्राथमिकता, घोषित योजना कार्यान्वयन सुस्त
काठमाडौं । बालबालिकालाई श्रममा लगाउने कार्यविरुद्ध जनचेतना जगाउन र बालश्रमको पूर्ण उन्मूलन गर्न अन्तर्राष्ट्रिय रूपमा…
स्क्रिन पछाडिको श्रम : डिजिटल युगमा गम्भीर बन्दै गएको बालश्रम
काठमाडौँ । बालश्रम भन्नासाथ धेरैको दिमागमा अझै पनि इँटाभट्टा, होटल, रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने वा…
नेपाल डेभलपमेन्ट वाचले भन्यो : नेपालको बजेट महत्त्वाकाङ्क्षी, कार्यान्वयन चुनौतीपूर्ण
लन्डन । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव)ले आर्थिक…

