रामेछाप (मन्थली), १३ असार : रामेछापको रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गर्नुभएको छ । वर्षायाम सुरु भएसँगै पाखोबारीको मकै तथा बँेसी क्षेत्रमा धानखेती गर्ने किसानलाई मल वितरण गरिएको हो । वडाध्यक्ष कार्कीले गत वर्ष पनि आफूले पाउने सेवा सुविधाबाट किसानलाई रासायनिक मल वितरण गर्नुभएको थियो । “वडामा पर्याप्त मल आउँदैन, न्यून मात्रामा आएको मललाई सामानुपातिकरुपमा वितरण गर्न कठिनाइ हुन्छ, त्यसैले आफूले पाउने सुविधाबाटै किसानलाई निःशुल्क मल वितरण गरेको हुँ”, उहाँले भन्नुभयो । यसवर्ष नौ सय परिवारलाई सात सय २० बोरा मल वितरण गरिएको हो । वडाले १० रोपनीभन्दा बढी जग्गामा खेती गरिरहेका किसानलाई एक बोरा तथा सो भन्दा कम जग्गामा खेती गरिरहेका किसानलाई आवश्यकताका आधारमा मल वितरण गर्ने नीति बनाएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
वडाध्यक्षद्वारा किसानलाई निःशुल्क रासायनिक मल वितरण

प्रतिक्रिया
ट्रेन्डिङ
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७…
‘फिनेल’ समाचार विवादमा रातो पाटी : प्रेस काउन्सिलले माग्यो ३ दिनभित्र जवाफ
धरान : रातोपाटी डट कममा प्रकाशित समाचारले आफ्नो चरित्रहत्या गरेको र पठाएको खण्डनसमेत उचित ढङ्गले…

