रामेछाप (मन्थली), १३ असार : रामेछापको रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गर्नुभएको छ । वर्षायाम सुरु भएसँगै पाखोबारीको मकै तथा बँेसी क्षेत्रमा धानखेती गर्ने किसानलाई मल वितरण गरिएको हो । वडाध्यक्ष कार्कीले गत वर्ष पनि आफूले पाउने सेवा सुविधाबाट किसानलाई रासायनिक मल वितरण गर्नुभएको थियो । “वडामा पर्याप्त मल आउँदैन, न्यून मात्रामा आएको मललाई सामानुपातिकरुपमा वितरण गर्न कठिनाइ हुन्छ, त्यसैले आफूले पाउने सुविधाबाटै किसानलाई निःशुल्क मल वितरण गरेको हुँ”, उहाँले भन्नुभयो । यसवर्ष नौ सय परिवारलाई सात सय २० बोरा मल वितरण गरिएको हो । वडाले १० रोपनीभन्दा बढी जग्गामा खेती गरिरहेका किसानलाई एक बोरा तथा सो भन्दा कम जग्गामा खेती गरिरहेका किसानलाई आवश्यकताका आधारमा मल वितरण गर्ने नीति बनाएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
वडाध्यक्षद्वारा किसानलाई निःशुल्क रासायनिक मल वितरण

प्रतिक्रिया
ट्रेन्डिङ
‘रोल नं १’को टिकटमा किन दिइयो ५० प्रतिशत छुट् ?
काठमाडौं । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् ।…
आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा
काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य…
नेपालमा बालश्रम न्यूनीकरणमा कम प्राथमिकता, घोषित योजना कार्यान्वयन सुस्त
काठमाडौं । बालबालिकालाई श्रममा लगाउने कार्यविरुद्ध जनचेतना जगाउन र बालश्रमको पूर्ण उन्मूलन गर्न अन्तर्राष्ट्रिय रूपमा…
१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय
काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८…

