काठमाडौँ, १५ असार : एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी हुनुहुन्थ्यो । रोपाइँ शुभारम्भ गर्नुहुँर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताउनुभयो । “पहिला देशमा फलफूल तरकारीभन्दा धान बढी उत्पादन हुन्थ्यो । पहिला धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो, धान बाहिरबाट आयात गर्न थालिएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ ।” –––
शीतल निवासमा धान रोपाइँ

प्रतिक्रिया
ट्रेन्डिङ
एनआरएनए कम्बोडियाको बचाउ: ठगीलाई ‘सहयोग’ को संज्ञा, कानुनी कारबाहीको धम्की!
बैंकक | थाइल्याण्ड नेपाल डट कमले कम्बोडियामा भइरहेको ठगी धन्दाबारे प्रमाणसहित समाचार सार्वजनिक गरेपछि एनआरएनए…
थाइल्याण्डको राजधानी बैंककमा धार्मिक कृति ‘सारगीता’ को भव्य लोकार्पण
बैंकक, थाइल्याण्ड । नेपाली भाषा, कला र संस्कृतिको प्रवर्धन सक्रिय संस्था साहित्य मन थाइल्याण्डको आयोजनामा…
