प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

विराटनगर, २० असारः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री दाहालाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्नु उहाँका निम्ति श्रेयस्कर हुने बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा नेपाली कांग्रेसको ठूलो योगदान रहेको बताउँदै उहाँले संविधान संशोधन आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।

सबै पक्षको सहमतिमा त्यसलाई मूर्तरूप दिन नेपाली कांग्रसले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको दोहो¥याउँदै मुलुकको विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेसहितको राष्ट्रिय सरकार गठन हुन लागेको बताउनुभयोे ।

सेयर: 24
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
63%
6 km/h
शनि
19 °C
आइत
23 °C
सोम
25 °C
मंगल
27 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ