चीनले निर्माण गरिरहेको पुल विश्वकै लामो भएको दाबी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । चीनले भौतिक पूर्वाधार विकासमा चमत्कारिक फड्को मारिरहेको छ । यसै सिलसिलामा पूर्वी चीनको जिआङ्सु प्रान्तको चाङ्झाउ र ताइझोउलाई जोड्ने चाङ्ताई याङ्त्जे नदीको पुल संसारकै लामो भएको दाबी गरिएको छ ।

पुल निर्माण गरिरहेका इन्जिनियरहरूले पुलको १२०८ मिटर लामो केबल खण्ड संसारकै सबैभन्दा लामो भएको दाबी गरेका छन् । पुल निर्माणमा ठूलो चुनौतिहरु मोलेका बताएका छन् ।

चाङ्ताई याङ्त्जे नदीको पुल केबल–स्टेड ब्रिज, दुई आर्क ब्रिज र एक बीम ब्रिज मिलेर बनेको छ। मुख्य पुलको ताइझोउ र चाङ्झाउ छेउमा रहेका दुईवटा आर्क पुलहरू प्रत्येक ३८८ मिटर लामो छन्।

पुलको निर्माण सन् २०१९ मा सुरु भएको थियो र आगामी अप्रिलको अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।(सीसीटिभीप्लस)

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
93%
1 km/h
बुध
22 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ