पुनः टिभी श्रृंखला ‘मेरी बास्सै’मा फर्किए धुर्मुस

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौंः कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ टिभीश्रृंखला ‘मेरी बास्सै’मा फर्किएका छन् ।
धुर्मुसको पहिरनमा देखिएका उनले ६ वर्षको लामो अन्तरालपछि सिरियलमा फर्किएको जनाएका छन् ।

उनले फेसुबकमा छायांकन सेटका तस्वीरहरु समेत सेयर गरेका छन् । रामचन्द्र अधिकारी (काजी साबं), सुरविर पण्डित (दाह्री बुढां) लगायतका कलाकार पनि सेटमा देखिएका छन् ।धुर्मुसले अभिनय गरेको एपिसोड प्रसारण हुन बाँकी छ । सीतारामले ‘मेरी बास्सै’को अभिनयमा पुनरागमन भने गरेका होइनन् । शिवरात्रीमा रिलिज तयारीमा रहेको आफू अभिनित लाज शरणम्’ प्रवर्द्धनको लागि उनी ‘मेरी बास्सै’मा देखिएका हुन् ।

कुमार कट्टेल निर्देशित फिल्मले पछिल्लो साता लोकप्रिय टिभी श्रृंखलामा कलाकार पठाएर फिल्मको प्रवर्द्धन गरिरहेको छ । बिगतमा पनि सीतारामलाई ‘मेरी बास्सै’ सिरियलले धुर्मुसको भूमिकामा चिनाएको हो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
82%
2 km/h
बुध
15 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ