Ad imageAd image

‘हिमालयन चितुवा’ अविरल घिमिरे भदौमा टोकियोमा रिङमा उत्रिँदै,थाइल्याण्डमा विशेष प्रशिक्षणमा

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड,फुकेत — नेपाली किक बक्सिङका चम्किला तारा अविरल घिमिरे आगामी भदौ २० गते जापानको टोकियोमा आयोजना हुने विश्व चर्चित ‘K-1 वर्ल्ड म्याक्स टुर्नामेन्ट’मा प्रतिस्पर्धा गर्न रिङमा उत्रिन लागेका छन्।

‘हिमालयन चितुवा’को उपनामले परिचित घिमिरेले यस प्रतियोगितामा चीन, बुल्गेरिया, नेदरल्यान्ड, ब्राजिल, पोल्यान्ड र आर्मेनियाका उत्कृष्ट बक्सरहरूसँग भिड्ने तयारी गरेका छन्। विश्वप्रसिद्ध K-1 ग्रुपले आयोजना गर्ने यस प्रतियोगितामा सहभागिता जनाउनुअघि घिमिरे विशेष प्रशिक्षणका लागि आज जापानबाट थाइल्याण्डको फुकेटस्थित मोथाई क्लब प्रस्थान गरेका छन्।

उल्लेखनीय कुरा के छ भने, यो सम्पूर्ण प्रशिक्षणको खर्च उनले आफ्नै प्रयासमा बेहोरेका हुन्। यसअघि, जापानको ओसाकामा सम्पन्न ‘K-1 क्रस १७५’ को उपाधि जित्दै घिमिरेले एकैपटक तीन अन्तर्राष्ट्रिय किक बक्सिङ टाइटल हात पारेर नेपाली खेल इतिहासमै अद्वितीय कीर्तिमान कायम गरेका थिए। उक्त प्रतियोगितामा उनले घरेलु च्याम्पियन ओडा जिन्कलाई दोस्रो राउन्डमै पराजित गर्दै विश्व विजेता बन्न सफल भएका थिए। उनको यो सफलता नेपाली खेल क्षेत्रमा मात्रै होइन, सम्पूर्ण दक्षिण एसियाली खेलकुद जगतकै गौरवपूर्ण उपलब्धि मानिएको छ।

बक्सर अविरलका पिता देव घिमिरे स्वयं पनि पूर्व अन्तर्राष्ट्रिय किक बक्सर तथा फुलकन्ट्र्याक कराँते खेलाडी हुन्। उनले सन् २००४ मा कोरियाको सोलमा आयोजना भएको K-1 प्रोफेशनल किक बक्सिङ प्रतियोगितामा सहभागी हुँदै दक्षिण एसियाबाट पहिलो प्रतिनिधित्व गरेका थिए। हाल अविरल घिमिरे जापानको नागोया शहरमा आफ्ना पितासँगै बसोबास गर्दै आइरहेका छन्। उनीहरूको स्थायी घर चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारा बलम्बू हो।

- Advertisement -
Ad imageAd image

सेयर: 20
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
82%
सोम
27 °C
मंगल
27 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ