सामाजिक पहिचान सहितको व्यवसायीक सुरक्षा भन्ने मूल नाराका साथ सुनसरीको धरानमा स्थापना भएको नेपाल मोबाइल व्यवसायी महासङ्घ जिल्ला कार्य समिति सुनसरीले आफ्नो पाचौं वार्षिक उत्सव रक्तदान गरी मनाएका छन् ।
शनिवार महासङ्घको ५ औँ स्थापना दिवस धरानको भानु चोक लोकतान्त्रिक चौतारीमा खुला रक्तदान कार्यक्रमको आयोजना गरी मनाएका हुन । जहाँ २९ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राविधिक टिम सङै उक्त रक्तदानमा वडा नम्बर २ ब्लड फर नीड,चिफ टरेस् एकेडेमी तथा रिले लाइफ इन्स्योरेन्सले सहयोग गरेका थिए । रक्तदान बिहान ८ बजेबाट सुरु भई दिउँसो १२ बजे सम्म चलेको थियो ।
त्यस्तै वडा नम्बर २ का अध्यक्ष रमेश राईको प्रमुख आतिथ्य सङै मोबाइल व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष सबिन लम्सालको स-अधयक्षता सँगै कार्यक्रमको औपचारिक सञ्चालन नेपाल मोबाइल व्यवसायी महासङ्घका महासचिव आशिष् राज यादवले गरेका थिए भने सोही कार्यक्रममा महासङ्घका सहसचिव सुरेन्द्र दाहाल लगायत विभिन्न सङ्घ संस्था एवम् सामाजिक एवम् समाजसेवी ब्याक्तित्वहरुको सहभागिता रहेको थियो । विशेष त मोबाइल व्यवसायमा सक्रिय उक्त महासङ्घका सदस्यहरूले विभिन्न समयमा विविध कार्यक्रम गर्दै आएको अध्यक्ष सबिन लम्सालले जानकारी दिए । रक्तदान स्थल भानु चोक लोकतान्त्रिक चौतारी प्रङ्गगन बाट आयो न्युजका लागि गोपाल कामतको रिपोर्ट
संवाददाता







