Ad imageAd image

धरानमा निःशुल्क दन्त परीक्षण सेवा सुरु, उपचारमा पनि विशेष छुट

2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

धरान । धरान–२, देशीलाइनस्थित ओम साई डेन्टल इम्प्लान्ट सेन्टर प्रा.लि. मा श्रावण १५ गतेदेखि निःशुल्क दन्त परीक्षण शिविर सुरु भएको छ। स्व. विष्णु–मनमाया जोशी फाउन्डेसनको सहयोगमा सञ्चालन भइरहेको उक्त शिविर भदौ ३१ गतेसम्म जारी रहनेछ।

ओम साई डेन्टल इम्प्लान्ट सेन्टरका डा. अजित कुमार यादवका अनुसार शिविर अवधिभर सेवाग्राहीले निःशुल्क दन्त परीक्षण गराउन सक्नेछन्। परीक्षणपछि आवश्यक पर्ने विभिन्न दन्त उपचार सेवामा समेत विशेष छुटको व्यवस्था गरिएको उनले जानकारी दिए।

डा. यादवले यो छोटो अवधिको स्वास्थ्य शिविर नभई करिब डेढ महिनासम्म सञ्चालन हुने विशेष कार्यक्रम भएकाले आफ्नो अनुकूल समयमा क्लिनिकमा आएर सेवा लिन सकिने बताए।

उनका अनुसार धेरैजसो मानिसले दाँत दुखेपछि मात्रै उपचार गराउने बानीका कारण सामान्य समस्या पनि जटिल बन्ने गरेको छ। समयमै परीक्षण गराएर आवश्यक उपचार सुरु गर्न सके दाँत जोगाउन सकिने र भविष्यमा हुने ठुलो खर्चसमेत कम गर्न सकिने उनले बताए।

- Advertisement -
Ad imageAd image

शिविरमा दाँत दुख्ने, किराले खाएको दाँत, गिजाबाट रगत आउने, दाँत हल्लिने, हराएको दाँत, इम्प्लान्ट, कृत्रिम दाँत तथा अन्य मुख स्वास्थ्यसम्बन्धी समस्याको परीक्षण र आवश्यक परामर्श प्रदान गरिनेछ। परीक्षणपछि आवश्यक उपचार गर्ने सेवाग्राहीलाई क्लिनिकले विभिन्न सेवामा विशेष छुटको सुविधा पनि उपलब्ध गराएको जनाएको छ।

डा. यादवले दाँत वा मुखसम्बन्धी कुनै पनि समस्या भएका व्यक्तिलाई भदौ ३१ गतेभित्र ओम साई डेन्टल इम्प्लान्ट सेन्टर, धरान–२, देशी लाइनमा पुगेर निःशुल्क दन्त परीक्षण गराउन आग्रह गरेका छन्।

शिविर हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने क्लिनिकले जनाएको छ। आयोजकका अनुसार यस अभियानमार्फत समुदायमा मुख तथा दाँतको स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समयमै परीक्षण र उपचारमा पहुँच बढाउने लक्ष्य राखिएको छ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
moderate rain
23° _ 23°
89%
2 km/h
शनि
23 °C
आइत
25 °C
सोम
22 °C
मंगल
25 °C
बुध
23 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ