Ad imageAd image

बादलले ल्याए ‘सोल्टिनी’, गंगा–जमुनासँग रोमान्स

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गायक बादल लिम्बुले नयाँ गीत ‘सोल्टिनी’ ल्याएका छन् । गीतकार शान्ति लिम्बुले लेखेको लोक शैलीको यो गीतमा बादल स्वयम्ले संगीत भरेका छन् ।

भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक भएको यो गीतको भिडियोमा चर्चित जुम्ल्याहा कलाकार गंगा लिम्बु र जमुना लिम्बु सोल्टिनीको भूमिकामा फिचर्ड छन् । उनीहरुसँगै भिडियोमा गायक बादलसँगै कलाकार भूपु लिम्बुको पनि अभिनय छ । ‘यो रोमान्टिक शैलीको प्रेम गीत हो । गीतमा लिम्बु संस्कृतिको लय झल्किएको अनुभूति गर्न सकिन्छ,’ गायक लिम्बुले भने ।

उदयराज पौडेलको एरेन्ज, अनिल रानाको सम्पादन रहेको यो गीतको भिडियोको छायांकन र निर्देशन किरन राईले गरेका हुन् । गीतलाई मुन्धुम स्टुडियोले सार्वजनिक गरेको हो ।

सेयर: 29
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
88%
2 km/h
शनि
26 °C
आइत
24 °C
सोम
24 °C
मंगल
21 °C
बुध
20 °C
ट्याग गरिएको:
अध्यक्ष
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ