सोमबार सुन र चाँदी दुबैको भाउ घट्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सोमबार सुन र चाँदी दुबैको भाउ घटेको छ। यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै सोमबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। आइतबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
88%
2 km/h
शनि
21 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ