काठमाडौं । नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रमा सुरक्षा चुनौती थपिएको भन्दै सरकारबाट सकारात्मक सहयोग आवश्यक रहेको बताएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले अनर्गल प्रचारले बैकिङ क्षेत्रप्रति भ्रम फैलिएका बेला सरकारबाट सकारात्मक सन्देश आवश्यक रहेको बताउनुभयो ।
‘लघुवित्तको ऋण तिर्नु पर्दैन भन्ने भ्रम छरिएको छ, बैंकहरु डुब्न लागे भन्ने भ्रम र हल्ला फैलाइएको छ तर सरकारबाट कुनै सपोर्ट भएको छैन’ उहाँले भन्नुभयो ।
ठूलो अर्थतन्त्र भएका मुलुकहरुमा पनि ब्याजदर बढ्ने क्रम रोकिएर स्थायित्व देखिन लागेको उदाहरण दिँदै उहाँले नेपालमा ब्याजदर सामान्य अवस्थाभन्दा पनि तल झरिसकेको बताउनुभयो । नेपाली बैंकिङ क्षेत्रको कुल निष्कृय कर्जा केही बढे पनि खुद निष्कृय कर्जा करिब १ प्रतिशत मात्रै रहेको केसीले बताउनुभयो । ‘