बागमती प्रदेशसभाको बैठक मङ्गलबार बस्ने

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

मकवानपुर, बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे बस्ने भएको छ । यही फागुन १७ गते प्रदेशसभाको बैठकले अनुमोदन गरेको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठकबाट प्राप्त प्रतिवेदनलाई फागुन २९ गते अपराह्न १ बजे बस्ने कार्य परामर्श व्यवस्थापन समितिको बैठकमा पेश गर्न कार्यसूची तयार गरिने प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राससलाई जानकारी दिनुभयो ।

यसैगरी, प्रदेशसभा सचिवालयमा आइतबार अपराह्न १ बजे बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठक बस्ने र बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का मुख्य सचिव, अर्थ सचिव, कानुन सचिव र अर्थविद्हरुसँग प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको २०८०-०८१ को बजेटको विनियोजित सम्बन्धमा सरकार र प्रतिपक्षबीच भएको सम्बन्धमा कार्यान्वयन गर्न कानुनी अडचनबारे छलफल हुने विशेष समितिका संयोजक गोविन्दप्रसाद लम्सालले बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
100%
1 km/h
शनि
21 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ