Ad imageAd image

सुकेधारामा पुरुषको शव फेला

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, काठमाडौँको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक पुरुषको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित नालीमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भई हाल काठमाडौँ–७ चावहिल बस्दै आएका ४४ वर्षीय भीषण गिरीको शव फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नालामा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । प्रवक्ता अधिकारीका अनुसार गिरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
overcast clouds
25° _ 25°
61%
1 km/h
मंगल
25 °C
बुध
31 °C
बिहि
31 °C
शुक्र
29 °C
शनि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ