राष्ट्रपतिको सवारी सामान्य

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल तामझाम बिना नै सामान्य रुपमा सङ्घीय संसद् भवन जानुहुने भएको छ । उहाँको सवारी अन्य अवस्थाको जस्तै सामान्य हुने सुरक्षा निकायले जनाएको छ । राष्ट्रपति पौडेलको सवारी आज नयाँ वानेश्वरबाट मात्रै ‘घोडसवार फौज’ सहितको ‘कारगेड’ हुने जनाइएको छ ।

उहाँलाई संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गर्नुहुनेछ भने नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गर्नेछ ।

राष्ट्रपति पौडेल गत वर्ष पनि तामझाम बिना नै संसद् भवन नयाँ वानेश्वर जानुभएको थियो । विगतमा नयाँ बानेश्वरसम्मको बाटो खाली गराएर राष्ट्रपति भवन शीतल निवासबाटै घोडसवार फौजसहित विशेष सवारी गर्ने गरिएको थियो ।

राष्ट्रपति पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा आज अपराह्न ३ बजे प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान राष्ट्रपतिको संसद् प्रवेशको ‘रिहर्सल’ गरिएको थियो । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन सिङ्गारिएको छ । संसद् भवन परिसरमा सुरक्षा व्यवस्था मजबुद बनाइएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
सोम
24 °C
मंगल
23 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ